काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३५ हजार ९ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १ लाख ३१ ७६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २९ लाख ७६ हजार ४ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६५ हजार ८ सय १५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५२ लाख १६ हजार ३ सय १३ पुगेको छ । हालसम्म २६ लाख ७२ हजार ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ८ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ९८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ७ सय ६७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ३ सय ४९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १ हजार २ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २१ लाख १८ हजार ४ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ३३ सय जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार १ सय ९८ पुगेको छ । बितेको २४ घण्टामा ४३ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २२ लाख ५७ हजार ५ सय ७२ पुगेको छ । हालसम्म १५ लाख ७१ हजार ७ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ३२ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार १ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार १ सय १८ जनामा कोरोना पुष्टि भएको र ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ९२ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ९६ हजार ६ सय ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ४ सय ८ पुगेको छ । हालसम्म ५ लाख ५९ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ४ लाख ११ हजार ४ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया