काठमाडौं । आइतबार राजधानीको गोंगबु गणेशस्थानमा भएको विभत्स हत्याकाण्डको कारण आर्थिक लेनदेन भएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार चितवनबाट पक्राउ परेकी महिला र मृतकबीच आर्थिक लेनदेनको विवाद रहेको खुलेको छ । सोही विवाद उग्र बन्दै गर्दा हत्या जस्तो जघन्य अपराध हुन पुगको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार ती महिला भाडामा बसेको घरमा मृतकको धेरै आउजाउ हुने गरेको थियो भने हत्या भएको रात ती महिला काठमाडौंमै थिइन्। उनी शव फ्यालेर एम्बुलेन्समा बिरामीको नाटक गर्दै चितवनसम्म पुगेको स्रोतका भनाइ छ ।
प्रहरीका अनुसार मृतक दाङका कृष्णबहादुर बोहराले व्यापारका लागि भन्दै ती महिलाबाट लाखौ रकम लिएका थिए । तर उनले ब्यापार पनि नगरेको र पैसा पनि फिर्ता नगरेपछि मतभेद चुलिएको थियो । यद्यपि प्रहरीले अनुसन्धानको दायरालाई थप फराकिलो बनाउँदै महिलासँगै अ? कोको सहभागी थिए वा थिएनन् भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ ।
आइतबार बिहान काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशभित्र बोहराको शव फेला परेको थियो भने झोलामा घटनास्थलभन्दा केही पर ठाउको फेला परेको थियो ।
प्रहरीले आजमात्रै मृतकको सनाखत गरेको थियो भने खनाखतलगत्तै गोंगबु गणेशस्थानमै घटनास्थल भएको खुलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया