सरकारले फेरि रोक्यो भर्ना अभियान

काठमाडौं । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको भएपनि यो निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णयलाई पुनः निरन्तरता दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म भर्ना अभियान तथा तोकिएका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले लोकपथलाई जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले यसअघिको निर्णयमा पुनर्विचार गरेको हो । निजी विद्यालय सञ्चालकहरुले आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै भर्ना खुलाउन दिन माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?