के मोटो मानिसका लागि कोरोनाको भ्याक्सीनले काम काम गर्दैन ? यसो भन्छन् विज्ञ !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । कोरोना भाइरसविद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

शोधकर्ताहरुले दिनदिनै नयाँ नयाँ शोधहरु पत्ता लगाईरहेका छन् । यसैबीच पछिल्लो समयमा भएको एक शोधमा शोधकर्ताहरुले कोरोना भाइरसको भ्याक्सीन आयो भने पनि मोटो मानिसका लागि काम गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

मोटो मानिसहरुमा यसको प्रभाव नपर्ने र संक्रमणको खतरा पहिलेको जस्तै भईरहने उनीहरुले बताएका छन् ।

पछिल्लो अनुसन्धानका अनुसार इन्फ्लूएन्जा र हेपोटाइटिस बीको भ्याक्सीनले मोटो मानिसलाई कमै मात्र निको बनाएको छ ।

त्यसैले सन् २०१७ को एक स्टडीमा उक्त कुरा पत्ता लागेकोले कोरोनामा पनि त्यहि असर देख्न सकिने उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

बर्मिघममा रहेको अलाबामा यूनिभर्सिटीका बायोकेमिस्ट्री प्रोफेसर डाक्टर चाड पेटिटले डेली मेलसँगको कुराकानीमा, कोरोनाको भ्याक्सीन मोटो मानिसमा त्यति राम्रो हुन नसक्ने बताएका हुन् ।

अमेरिकाको सीडीसीका अनुसार त्यहाँका लगभग ४२.४ प्रतिशत वयस्क मोटोपनको शिकार रहेका छन् ।

त्यस्तै बच्चाहरुको तथ्यांक १८.५ रहेको छ । गम्भीर रुपमा धेरै तौल भएका मानिसहरुको इम्यूनिटी सिस्टम पनि कमजोर हुँदै जान्छ ।

मोटोपनको कारण उनीहरुको इम्यून सिस्टममा कमी आउँछ । जसका कारण शरीर विभिन्न किसिमका भाइरससँग लड्न सामथ्र्य राख्न सक्दैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?