काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उपत्यकामा थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेहरुमा काठमाडौंका २ जना रहेका छन् । काठमाण्डौ जिल्ला का. म. न. पा. १०, मध्य बानेश्वर बस्ने ७६ वर्षीय एक पुरुष र अर्का काठमाडौं जिल्ला किर्तिपुर न. पा. ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुष रहेका छन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा भने काठमाडौंका ३६ जना, ललितपुरका ४ जना, र भक्तपुरका ४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको स्वाब परक्षिणमा काठमाडौंका ६ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौं ८ जना, ललितपुरका १ जना र भक्तपुरका १ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जना, भक्तपुरका तीन जना र ललितपुरका २ जना, बिध ल्याबमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना र ह्याम्स हस्पिटल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (सोमवार) थप ३३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ ।
नेपालमा हिजो (आईतवार) ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया