काठमाडौं । मकवानपुरमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरी आमा बुबालाई अपशब्द बोलेको भनी सिटौलाले गणेशलाई बन्चरो प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो ।
घाइते गणेशको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया