काठमाडौं । विश्वमा कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा कोरोना विरुद्धको भ्याक्सीन बनाउँदै गरेको बताएको छ । उनीहरु अहिले क्लिनिकल ट्रायलको चरणमा रहेका छन् ।

यसैबीच रुस कोरोना भ्याक्सीन विकसित गर्ने मामिलामा सबभन्दा अगाडि देखिएको छ । रिपोर्टका अनुसार रुस अबको दुई दिन पछि अर्थात् १२ अगस्टमा आफ्नो विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन दर्ता गराउँदै छ ।

विशेषज्ञ तथा डाक्टरहरुले यो नै कोरोना विरुद्धको विश्वको पहिलो भ्याक्सीन हुने बताएका छन् । यो भ्याक्सीनको विकास रुसको गमलेया रिसर्च इन्स्टीट्यूटले गरेको छ । यो संस्था रुसको स्वास्थ्य मन्त्रालयउको अधिनमा छ ।

रुसका स्वास्थ्य मन्त्री मिखाईल मुराश्कोका अनुसार यदि अन्तिम चरणको ह्यूमन ट्रायल सफल भएको खण्डमा अक्टोबर सम्ममा देशमा कोरोनाको भ्याक्सीन दिन शुरु गरिनेछ ।

एडेनो भाइरसको आधारमा यो टिका बनाइएको नेशनल रिसर्च सेन्टरका निर्देशक अलेक्जेन्डर गिन्ट्सवर्गले बताएका छन् ।

यो भन्दा अगाडिको ट्रयलमा यो औषधिले कोरोसँग लड्न सक्ने क्षमतामा विकास भएको पनि उनले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया