काठमाडौं । आफ्नै बुबाले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लागेर छोरी घाइते भएकी छिन् । डोटीको के.आई.सिं. गाउँपालिका-३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी हुन् ।
बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर बहादुर ऐरले बाँदर हो भनि भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् ।
घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्नुका साथै फरार भएका शेर बहादुरको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया