२१ वर्षीया युवतीलाई ट्रकभित्र जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

काठमाडौं । २१ वर्षीया युवतीलाई ट्रकभित्र जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन् ।

ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका-३ घर भएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका-८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती युवतीलाई रोकी राखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?