काठमाडौं । एट्लेटिको मड्रिडका दुई जना खेलाडी तथा स्टाफमा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिगको बिहिवारको खेल अघि एट्लेटिकोका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्पेनिस क्लबले आगामी बिहिबार क्वार्टरफाईनलको खेलमा लिस्वोनमा जर्मन क्लब आरबी लाईपेजिंगसँग खेल्दैछ । दुवै जनाको परिचय सार्वजनीक गरिएको छैन ।
लिस्वोन उड्नु अघि शनिवार गरिएको परिक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया