काठमाडौं ।आईतवार बिहान ७ बजे गोंगबुमा विभत्स रुपमा हत्या भएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेपछि प्रहरीले फोटो सार्वजनिक गरेको छ ।
हिजो गोंगबु गणेशस्थानमा कालो सुटकेसमा शव र टाउको तथा खुट्टा अर्कै जेब्रा झोलामा शव भएको ठाउँभन्दा तीन सय मिटर टाढा भेटिएको थियो ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले आज मृतकको अनुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क राख्न आनुरोध गरको छ ।
‘शव सनाखत हुन सकेको छैन’ ‘अहिलेसम्म शव सनाखत हुन सकेको छैन, कसैले चिनेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नुहोला।’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘प्रविधिको प्रयोग र ह्युम्यान इन्टेलिजेन्स दुबै विधिबाट अनुसन्धान गरिरहेका छौं’, शव पहिचान गर्न गाह्रो भयो, मृतकका आफन्त र नातागोतासम्म पुग्ने प्रयास गरिरहेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया