विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका २ करोड २६ हजार १ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै कोरोनाको कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख ३४ हजार २० पुगेको छ । त्यस्तै हालसम्म १ करोड २९ लाख ६ सय ६१ जनाको कोरोना मुक्त भइ घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ८ सय २७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

हालसम्म कोरोना संक्रमणको जोखिम अमेरिकामा सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ६ सय १७ पुगेको छ भने हालसम्म ५१ लाख ९९ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?