चीनमा फैलियो व्यूबोनिक प्लेग, मंगोलिया क्षेत्र सील, के हो व्यूवोनिक प्लेग, के हुन् लक्षण ?

काठमाडौं । व्यूबोनिक प्लेगबाट स्थानीयको मृत्यु हुन थालेपछि चिनियाँ अधिकारीहरुले गाउँ नै सिल गरेका छन् । मृत्यु भएका व्यक्तिलाई बिहीवार व्यूबोनिक प्लेग हो भन्‍ने कुरा पत्ता लागेपछि देशको भित्री मंगोलिया क्षेत्रमा पर्ने गाउँलाई सिल गरिएको छ ।

बउचोउ नगर स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार ती व्यक्तिको मृत्यु बउचोउ सहरमा भएको हो ।

उक्त विज्ञप्तिका अनुसार ती व्यक्तिलाई रक्त सञ्‍चार प्रणालीमा गडबडीका कारण मृत्यु भएको बताएको थियो । तर, पछि उनलाई व्यूबोनिक प्लेग भएको खुलेको हो । उनलाई कसरी व्यूबोनिक प्लेग भयो भन्‍ने विषयमा केही खुलाइएको छैन ।

चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्न नसक्दा विश्‍वभर फैलिएको भन्‍ने आलोचना भइरहेका बेला अहिले तत्काल नै सिल गर्ने अभियान सुरु गरेको हो । स्थानीय सबैको जाँच गर्दा रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ ।

प्रशासनले हाल ३५ जनालाई निगरानीमा राखेको छ भने बुबोनिक संक्रमण भएको एकजनालाई क्‍वारेन्टाइनमा राखेको छ ।

अहिलेसम्म चीनमा व्यूबोनिक प्लेगका कारण चीनमा ११ जनाले ज्यान गुमाएका छन् ।

ब्यूवोनिक प्लेगका कारण मंगोलियामा पहिलोपटक एक युवकको मृत्यु भएको थियो ।

त्यसैगरी नजिकैको दामाओ ब्यानर जिल्लामा रहेका गाउँहरुलाई लेभल(३ अलर्टमा राखिएको छ ।

जुलाईको सुरुआतमा बुबोनिक प्लेगकव दोस्रो केस फेला परेको थियो । यद्यपि पहिलो प्लेगको संक्रमित बाँच्‍नसक्ने सम्भावना बढेको छ ।

विश्‍व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार हरेक वर्ष एकदेखि दुई हजार मानिसहरुक प्लेगबाट मृत्यु हुनेका छन् ।

पछिल्लो समय चीनमा फेला परेको बुबोनिक प्लेगका विषयमा विश्व स्वास्थ्य संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

ब्यूवोनिक प्लेगले २४ घण्टामा लिन्छ ज्यान

मंगोलिया सरकारले ब्यूवोनिक प्लेगलाई नियाल्दै अवैध रुपमा शिकार गरिएको कुनै पनि मासु नखान चेतावनी दिएको छ ।

यो रोगका कारण गएको वर्ष दुई जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले समयमै उपचार नभए यसले २४ घण्टामा ज्यान लिन सक्ने बताएको छ ।

अमेरिकाको पब्लिक हेल्थसँग जोडिएका अधिकारीले भने कोलोराडोको मारिसन शहरमा एक लोखर्केमा ब्यूवोनिक प्लेग पाइएको बताएका छन् ।

यो कोलोराडोमा प्लेगको पहिलो केस हो । यदि घरपालुवा जनावरमा सावधानी अपनाइएन भने यो धेरै घातक सिद्ध हुनसक्ने उनले बताएका छन् ।

के हो ब्यूवोनिक प्लेग ?

जेफर्सन काउण्टी पब्लिक हेल्थका अधिकारीले सार्वजनिक रुपमा जारी गरेको एक बयानमा प्लेग एक संक्रामक रोग रहेको र जो ब्याक्टेरिया यर्सिनिया पेस्टिसको कारण हुने बताएका छन् । प्लेग नामक ब्याक्टेरिया नै यसको मुख्य कारण हो ।

मानव शरीरमा विशेष गरेर यो रोग कोतर्ने प्रकृतिका जनावरबाट सर्दछ । सेन्टर फर डिजील कन्ट्रोल एण्ड प्रीभेन्सनका अनुसार मुसा तथा लोखर्केको शरीरमा प्लेग रहने गर्दछ, र यो जनावरबाट मानिसको सम्पर्कमा आएपछि सहजै सबैतिर फैलिन सक्छ ।

संक्रमित टिश्यु र इनफेक्शियस ड्रोपलेट्सको कारण पनि यो फैलिन्छ । मंगोलियामा गएको वर्षमा म्यारमोट नामक जनावरको मासु खाँदा २ जनाको मृत्यु भएको थियो ।

के हो ब्यूवोनिक प्लेगको लक्षण ?

ब्यूवोनिक प्लेगको कारण संक्रमितलाई टाउकोमा दुख्छ, खोकी लाग्छ, चिसो महशुस हुन थाल्छ, लिम्फ नोड्स वा पेट पनि दुख्छ र शरीरमा घोच्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?