आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । आइतवार प्रतितोला छापावाल सुन १ लाख २ हजार ६ सयमा कारोवार भएको थियो । आज तोलामा २ सयले कमि आइ प्रतितोला सुन १ लाख २ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय रहेको छ । त्यस्तै हिजो पनि सुनको मूल्य तोलामा ९ सयले गिरावट आएको थियो ।

त्यस्तै आइतवारको तुलनामा आज चाँदीको मूल्यमा १५ रुपैयाँले कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?