कोभिड-१९ बाट मृत्यु भएकामध्ये ५७.३% दीर्घरोगी

कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग (कमोरबिडिटी) भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ ।

पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार दुईसहित ७५ जनाको मृत्यु भइसकेको छ । यो संख्या जम्मा संक्रमित (२२ हजार ९ सय ७२ जना) को ०.३ प्रतिशत हो । मृत्यु हुनेमा १६ जना (२१.३३ प्रतिशत) महिला र ५९ जना (७८.६६ प्रतिशत) पुरुष छन् । जसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । दुई बालक र एक बालिकाको समेत कोरोनाले मृत्यु भएको छ ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?