काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड पालना भएन

काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको बेला जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको तत्थाङ्क सार्वजनिक भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रूपमा पालना नभएको देखिएको हो ।

परिषद्का ३९ जनाको टोलीले दुई दिनसम्म लगाएर काठमाडौं उपत्यकाको तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय, सार्वजनिक यातायात, मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरूमा अवलोकन विधिबाट अध्ययन गरेको थियो ।
अध्ययनअनुसार ४ हजार ५०२ जनामा अध्ययन गर्दा २७.१ प्रतिशतले मास्क नै नलागएको भेटिएको छ । मास्क लगाउनेमध्ये कपडाको मास्क लगाउनेको संख्या १५.८ प्रतिशत रहेको छ । मास्क लगाउने २ हजार ७ सय ३ जनामध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६ प्रतिशत रहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ प्रतिशत पाइएको बताए । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?