अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ ।

सरकारले आमनागरिकलाई कोरोनासँग लड्न जीवनशैली बदल्नसमेत अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को आइतबार बसेको बैठकले वृद्धवृद्धा तथा केटाकेटीलाई अनावश्यक कामबाहेक घर बाहिर ननिस्कन सचेत गराएको हो भने जीवन शैली बदल्नसमेत अनुरोध गरेको छ ।

सिसिएमीले कोरोनासँग लड्न जीवनशैली बदल्न, केटाकेटी तथा वृद्धवृद्धालाई बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कने जो कोहीलाई स्वास्थ्य सावधानी अपनाउन, मास्क अनिवार्य लगाउन तथा भीडभाड नगर्न र दुरी कायम गर्न अनुरोध गरेको छ ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?