उपत्यका छिर्न खोज्ने १९ हजार यात्रुलाई नाकाबाट फर्काइयो (विज्ञप्तिसहित)

काठमाडौं । उपत्यका प्रवेश गर्ने नाका हुँदै काठमाडौं प्रवेश गर्न खोज्ने करिब १९ हजार यात्रुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भिडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजार जनाकारबाहीमा परेको समेत जानकारी दिएको छ ।

विज्ञप्तिमा सवारी पास बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई सुरक्षाकर्मीहरुले नागढुंगा र साँगा र फर्पिङ लगायतका नाकाबाट फिर्ता गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

सरकारले कोरोना संक्रमित बढेसँगै उपत्यका प्रवेशमा कडाइ गरेको छ भने जोरबिजोर प्रणाली लगाउनुका सथै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?