गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै आशंका छैन : भारतीय विदेश मन्त्रालय

काठमाडौं । गौतम बुद्ध भारतमा नै जन्मिएको भन्ने भारतीय विदेश मन्त्रीको भनाइप्रति मन्त्रालयले खण्डन गरेको छ । शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ‘महान् भारतीय’ भनेका थिए ।

त्यसको नेपालमा ठुलो विरोध भएसँगै मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै आशंका नरहेको बताएका छन् ।

विदेशमन्त्रीको भनाइप्रति आपत्ती जनाउँदै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण भएको प्रष्टिकरण समेत दिएको थियो । भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य नेताहरुले समेत त्यसको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?