२१ जेष्ठ २०८०, आईतवार

भारत र पाकिस्तानबीचको तनावले सार्कको सम्मेलन अनिश्चित

२०७४,आश्विन,८,आईतवार ०१:१६

0
Shares

काठमाडौँ, ८ असोज- भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ । प्राय:जसो हरेक वर्षको नोभेम्वर महिनामा सार्क सम्मेलन गर्ने परम्परा रही आएको छ, कान्तिपुरमा खबर छ ।भारत र पाकिस्तानको विचमा सम्बन्धमा सुधार नआएसम्म सार्क सम्मेलनको सम्भावना छैन । तर दुई देशको तिक्तता घटो होइन वढो अवस्थामा रहेको छ । संयुक्त राष्ट्रसंघको जारी महासभामा भारत र पाकिस्तानबीचको तनाव झनै छताछुल्ल भएको छ । दुवै मुलुकले एक अर्कालाई आतंवादलाई बढावा दिएको आरोप लगाएका छन् । भारतले निरन्तर रूपमा नै पाकिस्तानको कारणले सार्क सम्मेलन हुन नसकेको दाबी गर्दै आइरहेको छ ।पाकिस्तानले पनि भारतकै कारण नै गत वर्ष सार्क सम्मेलन हुन नसकेको बताइरहेको छ । भारत र पाकिस्तानको विचमा तत्काल वार्ता हुने सम्भावना पनि एकदमै न्युन रहेको छ, जसले सार्कलाई झन प्रभावित पार्ने छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१