नेकपा महासचिव विष्णु पौडेलको पीएसओलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको पीएसओलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनमा संक्रमण पुष्टि भएपछि पौडेलमा पनि कोरोना परीक्षण गर्दा उनको भने नेगेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

यस अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको बाहिरी घेरामा पहरा दिने ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?