गोंगबु हत्याकाण्ड प्रकरण : चार युवतीसँग अनुसन्धानका लागि प्रहरीले लियो बयान

काठमाडौं । गोंगबु हत्याकाण्डको बारेमा अनुसन्धानको लागि प्रहरीले चार युवतीलाई कार्यालय उपस्थित गराएको छ ।

आज बिहान राजधानीको गोंगबुमा रहस्यमयी ढंगबाट विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको थियो ।

धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले सुटकेसबाट आलो रगत निस्किएको देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराए ।

‘शव भेटिएको ठाउँ भन्दा करिव ३०० मिटर टाढा टाउको र खुट्टा भेटिएको छ’ महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले लोकपथसँग भने,’भेटिएको शव अन्दाजी ४०र४५ वर्षका अधबैंसे पुरुषको रहेको छ, अहिले हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?