नायिका पुजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध दिइन उजुरी

काठमाडौं । नायिका पुजा शर्माले सिने पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन्।

सुवेदीले एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका लागि बोलाउँदा आफूले आउँदिन भनेपछि उक्त टेलिभिजनको कार्यक्रममै ‘दाह्रा निस्केकी महानायिका’ भनेर आफ्नो मानहानी गरेको भन्दै अभिनेत्री उनले आइतवार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

शर्माले आफूलाई न्याय दिलाईदिन माग गर्दै कलाकार संघका पदाधिकारीहरुसमक्ष रुँदै गुहार्न पुगेकी छन् । शर्माले उक्त उजुरी कलाकार संघका अध्यक्ष रविन्द्र अधिकारीलाई हस्तान्तरण गरेकी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?