चीनमा ‘व्यूबोनिक प्लेग’बाट मृत्यु हुनेको संख्या बढ्यो, प्रशासनद्वारा ‘हेल्थ अलर्ट’ जारी

काठमाडौं । कोरोना भाइरससँग लडिरहेको चीनमा फेरि अर्को भाइरसले हैरान बनाएको छ । व्यूबोनिक प्लेगबाट चीनमा मृत्यु हुनेको संख्या बढीरहेको हो ।

उत्तरी चीनको बयन्नुर शहरमा यस संक्रमणबाट लगातार मृतकको आँकडा बढ्दै गईरहेको छ । जसका कारण हेल्थ अलर्ट जारी गरिएको छ ।

बयन्नूर शहरमा व्यूवोनिक शहरमा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

चीनको सरकारी मिडियाका अनुसार बयन्नूर शहरको स्वास्थ्य समितिले एक व्यक्तिको यो रोगबाट डरलाग्दो तरिकाले मृत्यु भएपछि तेश्रो स्तरमा हेल्थ अलर्ट जारी गरेको हो ।

ब्यूवोनिक प्लेगले २४ घण्टामा लिन्छ ज्यान

मंगोलिया सरकारले ब्यूवोनिक प्लेगलाई नियाल्दै अवैध रुपमा शिकार गरिएको कुनै पनि मासु नखान चेतावनी दिएको छ ।

यो रोगका कारण गएको वर्ष दुई जनाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले समयमै उपचार नभए यसले २४ घण्टामा ज्यान लिन सक्ने बताएको छ ।

अमेरिकाको पब्लिक हेल्थसँग जोडिएका अधिकारीले भने कोलोराडोको मारिसन शहरमा एक लोखर्केमा ब्यूवोनिक प्लेग पाइएको बताएका छन् ।

यो कोलोराडोमा प्लेगको पहिलो केस हो । यदि घरपालुवा जनावरमा सावधानी अपनाइएन भने यो धेरै घातक सिद्ध हुनसक्ने उनले बताएका छन् ।

के हो ब्यूवोनिक प्लेग ?

जेफर्सन काउण्टी पब्लिक हेल्थका अधिकारीले सार्वजनिक रुपमा जारी गरेको एक बयानमा प्लेग एक संक्रामक रोग रहेको र जो ब्याक्टेरिया यर्सिनिया पेस्टिसको कारण हुने बताएका छन् । प्लेग नामक ब्याक्टेरिया नै यसको मुख्य कारण हो ।

मानव शरीरमा विशेष गरेर यो रोग कोतर्ने प्रकृतिका जनावरबाट सर्दछ । सेन्टर फर डिजील कन्ट्रोल एण्ड प्रीभेन्सनका अनुसार मुसा तथा लोखर्केको शरीरमा प्लेग रहने गर्दछ, र यो जनावरबाट मानिसको सम्पर्कमा आएपछि सहजै सबैतिर फैलिन सक्छ ।

संक्रमित टिश्यु र इनफेक्शियस ड्रोपलेट्सको कारण पनि यो फैलिन्छ । मंगोलियामा गएको वर्षमा म्यारमोट नामक जनावरको मासु खाँदा २ जनाको मृत्यु भएको थियो ।

के हो ब्यूवोनिक प्लेगको लक्षण ?

ब्यूवोनिक प्लेगको कारण संक्रमितलाई टाउकोमा दुख्छ, खोकी लाग्छ, चिसो महशुस हुन थाल्छ, लिम्फ नोड्स वा पेट पनि दुख्छ र शरीरमा घोच्न थाल्छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?