सञ्चार माध्यमप्रति स्वास्थ्य मन्त्रालयको आपत्ती, गर्‍यो यस्तो अनुरोध !

काठमाडौं । केही सञ्चार माध्यमहरुले अस्पतालमा उपचारत कोरोना संक्रमितहरुको व्यक्तिगत विवरण सार्वजनिक गरेका कारण स्वास्थ्य मन्त्रालयले आपत्ती जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको १३९ औं नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितहरुको व्यक्तिगत विवरण सार्वजनिक गर्दा व्यक्तिगत जीवन, पारिवार तथा सामाजलाई गम्भिर असर पर्न जाने भएकाले यस्तो नगर्न अनुरोध गरेका छन् ।

व्यक्तिगत विवरण सार्वजनिक गर्दा व्यक्तिगत जीवन र गोपनियताको हकको ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा आज (आईतवार) थप ३८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४०जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?