कुन प्रदेशमा कति जना कोरोना संक्रमण मुक्त ? (विवरणसहित)

काठमाडौं । नेपालमा थप ४० जना कोभिड-१९ बाट संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १६ हजार ३ सय ५३ रहेका छन् ।

कोरोना संक्रमितहरुको उपचार तथा हेरचाहमा अहोरात्र खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सहयोगी सुभेच्छुकहरूलाई स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम हार्दिक धन्यवाद दिएको छ ।

हालसम्मको डिस्चार्ज हुनेहरुको संख्या

प्रदेश १                        – ९४७ जना
प्रदेश २                        – ३३३४ जना
वागमती प्रदेश              – ६०३ जना
गण्डकी प्रदेश              – १४४९ जना
प्रदेश ५                       – ४१७९ जना
कर्णाली प्रदेश              – १८९० जना
सुदुरपश्चिम प्रदेश          – ३९५१ जना

नेपालमा आज (आईतवार) थप ३८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?