काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैपटक ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकाका ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार श्री वीरेन्द्र अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ४४ जना र ललितुरका १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ५ जना, स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १३ जना र ललितपुरका १ जना र ह्याम्स अस्पतालमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ जनामा गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकैपटक ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा आज (आईतवार) थप ३८० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ९७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
नेपालमा हिजो (शनिवार) ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया