काठमाडौँ, १६ फागुन – सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच आज सहमति हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेको हो । बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले भोलि बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया