सुशान्त आत्महत्या केसमा शिवसेना सांसद सञ्जय राउतको ‘इन्ट्री’, गरे यस्तो दाबी !

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गत जूनको १४ तारिखमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको बारेमा विभिन्न खुलासा भईरहेका छन् । यसैबीच शिवसेनाका सांसद सञ्जय राउतले सुशान्तको सम्बन्ध घरसँग राम्रो नभएको बताएका छन् ।

उनले बिहार पुलिस र केन्द्रमा महाराष्ट्र सरकारविरुद्ध घटना बनाएको आरोप लगाएका छन् । उनले पार्टीलाई लेखेको उक्त पत्रमा घटनाको अनुसन्धान अब सीबीआई जाँचमा पुगेको बताएका छन् ।

अहिले सुशान्त आत्महत्या केसमा उक्साएको आरोप लागेकी उनकी प्रेमीका रिया चक्रवर्तीविरुद्ध शोधपुछ भईरहेको छ । उनलाई सुशान्तका फ्यान्सहरुले विभिन्न आरोप लगाईहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?