कोरोना महामारीबीच पनि घटेन नेपाल बैंकको नाफा

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंक लिमिटेडले २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा बैंकले २०७५/७६ मा भने बैंकले २ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कोरोना महामारीका कारण गत चैत ११ गतेबाट लकडाउन भएसँगै सबै क्षेत्रहरु प्रभावित बनेको छ । त्यस्तै बैंकले चार महिनाको व्यवसाय प्रभावित हुँदा पनि सो मात्रामा नाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा बैंकले एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको सीसीडी रेसियो भने ६५.७८ प्रतिशत मात्रै रहेको छ । चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नेपाल बैंकको वितरण योग्य नाफा भने दुई अर्ब २१ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार गत आवमा बैंकले ११ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । त्यस्तै ५ अर्ब ९० करोड रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड रुपैयाँ कायम गरेको बैंकले जनाएको छ । त्यस्तै बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ । कष्ट अफ फण्ड ४.१९ प्रतिशत रहँदा खराब कर्जा २.५९ प्रतिशत छ । स्प्रेड दर ३.७० प्रतिशत कायम गरेको बैंकको आधार ब्याजदर ६.९९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?