लामो समयपछि सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३ हजार ५ सय पुगेको सुनको मूल्य आज तोलामा ९ सयले कमि आइ प्रतितोला छापावाला सुन १ लाख २ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख २ हजार १ सय कायम भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यमा लामो समयपछि आज गिरावट आएको हो ।

त्यस्तै आज प्रतितोला चाँदीमा ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ५ रहेकोमा आज मूल्य बृद्धि भइ १ हजार ४ सय १० पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?