एक सातामै ४ हजार २०० बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्ने क्रम रोकिएन

काठमाडौं । यो साता लगातार सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । अघिल्लो साताको शुक्रबार तोलामा ९९ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबासम्म बढ्ने क्रम जारी रह्यो । शुक्रबार सुन हालसम्मकै उच्च मूल्य १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भयो ।
एक साताकै बीचमा सुनको मूल्य ४ हजार २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९९ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आइतबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भयो । यसैगरी सोमबार पनि सोही मूल्यमा कारोबार हुँदा मंगलबार ९९ हजार ८०० रुपैयाँमा कारोबार रह्यो ।

यस्तै बुधबार मूल्य एक लाख पार हुँदै १ लाख १ हजा ४०० मा कारोबार हुँदा बिहीबार थप बढेर १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार रह्यो । यस्तै शुक्रबार१ लाख ३ हजार ५०० रुपैयाँ पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । व्यवसायीहरु सुनको मूल्य अझै बढ्नसक्ने बताउँछन् ।
यो साता चाँदीको मूल्य पनि लगातार बढ्यो । गत शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार सम्म आइपुग्दा १४ सय ५ रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?