च्याम्पियन्स लिग : बार्सिलोना र नापोली भिड्दै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत दोस्रो लिगको खेलमा आज राती स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

जित निकाल्ने उद्देश्यसँगै बार्सिलोना घरेलु मैदान क्याम्प नाउमा नापोलीसँग प्रतिस्पद्र्धा गर्दैछ । नापोली भने उसकै घरेलु मैदानमा बार्सिलोना पराजित गर्ने दाउमा रहेको छ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।

बार्सिलोना घरेलु मैदानमा नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने दाउमा छ ।

पहिलो लेगमा बार्सिलोना नापोलीसँग १/१ बराबरीमा रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?