काठमाडौं । देशका विभिन्न स्थानमा गरी ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै,रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
साथै, कन्चनपुरको भिमदत्त नगरपालिका-१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया