नुवाकोटमा भीरबाट लडेर एकको मृत्यु

त्रिशुली । नुवाकोटको तारकेश्वर गाउँपालिका–५ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४३ वर्षका रामबहादुर तामाङको कल्लेरीडाँडास्थित भिरबाट लडेर शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार बहिनीको घरमा जाँदै गरेका उनको भिरबाट लडेपछि उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शव परीक्षणका लागि आज बिहान त्रिशूली अस्पतालमा ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?