हेर्नुहोस् २०७७ साल साउन २५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साउन २५ गते । आईतवार । इ.स.२०२० अगष्ट ०९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । नेपाल संवत् ११४० । भाद्र कृष्णपक्ष । तिथी–षष्ठी,२८ बजेर २० मिनेट उप्रान्त सपतमी । नक्षत्र–रेवती,१८ बजेर १३ मिनेट उप्रान्त अश्विनी । योग–धृति,०७ बजेर ०८ मिनेट उप्रान्त शूल । करण–गर,१५ बजेर १९ मिनेट उप्रान्त वणिज,२८ बजेर २० मिनेट उप्रान्त भद्रा ।

आनन्दादिमा–प्रववर्द्धन योग । चन्द्रराशि–मीन,१८ बजेर १३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ५ बजेर ३१ मिनेटमा, सूर्यास्त १८ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ०३ पला । विश्व आदिवासी दिवस। १८ बजेर १३ मिनेटमा पञ्चक समाप्ति ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । यात्राको लागि समय उत्तम नहुन सक्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समय फलदायी रहनेछ । साँझबाट समय राम्रो रहेकोले राजनीति तथा सामाजिक कामा रुचि बढ्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत व्यावसाय गरी रोजगारीका अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । साँझपख यात्रा हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शुभचिन्तक तथा परिचित व्यक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । पुर्ख्यौली धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ । धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ । प्रशासनिक काममा केही ढिला सुस्तिको चपेटामा परिए पनि अन्ततः काम हुनेछ । खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । व्यापार व्यवसायमा केहि मन्दी आएपनि दैनिकी प्रभावित हुनेछैन । तर पनि सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । साझपख छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक स्रोेत साधनको प्रयोग मार्फत व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै शिलशीलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउनेछ । साझपख भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वौद्धिक व्यक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोवारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ । साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ । साँझपख आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैया पैसा कमाउन सकिनेछ । मिहेनतले प्रतिस्पर्धीहरुलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । सत्रु तथा बैरभाव राख्नेहरु कमजोर हुनेछन् । छोटो दुरीको रमाईलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?