९ चैत्र २०७९, बिहीवार

मत गणना सुस्त, छैटौं दिनमा ११३ स्थानको मात्र परिणाम सार्वजनिक

२०७४,आश्विन,८,आईतवार ०१:१३

0
Shares

काठमाडौँ, ८ असोज – १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ, कान्तिपुरमा खबर छ ।‘सबै स्थानको परिणाम आइसक्न अझै २/३ दिन लाग्न सक्छ,’ आयोग प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘आयोगले लक्ष्यअनुसार नै काम गरिरहेको छ, यतिन्जेलसम्म झन्डै ८५ प्रतिशत परिणाम आइसकेको छ ।’गणनामा ढिलाइ हुनुका कारण थोरै मतान्तर पनि हो । प्रवक्ता ढकालका अनुसार प्रतिस्पर्धा कडा भएपछि मतपत्र पटक-पटक प्रतिनिधिहरूलाई देखाएर गन्नुपर्दा ढिलाइ भएको हो । उनले गणनालाई व्यवस्थित र छिटो सक्न आयोगले निर्देशन दिनुका साथै आवश्यक सहयोग पनि पठाएको बताए ।प्रदेश २ को ८ वटै जिल्लाका मतपत्र ठूलो आकारमा रहेकाले पनि गणनामा ढिला भइरहेको छ । दलहरूबीच आउने विवादले पनि मत गन्ने काम सुस्त हुन पुगेको छ । सबैको चासो रहेको प्रदेश २ को एक मात्र महानगर वीरगन्ज र तीनवटा उपमहानगरको परिणाम भने अझै आइसकेको छैन । सर्वजनिक पछिल्लो परिणाामअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ ।  

प्रकाशित मिति: २०७४,आश्विन,८,आईतवार ०१:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००