हालसम्म कुन प्रदेशबाट कति कोरोना मुक्त भइ घर फर्किए ? (पछिल्लो तथ्यांकसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म कोरोना मुक्त हुनेमा प्रदेश १ बाट ९ सय ४२ जना, प्रदेश २ बाट ३ हजार ३ सय २६ जना, बाग्मती प्रदेशबाट ६ सय जना रहेका छन् । त्यस्तै गण्डकी प्रदेशबाट १ हजार ४ सय ४१ जना, प्रदेश नं ५ बाट ४ हजार १ सय ७९ जना, कर्णाली प्रदेशबाट १ हजार ८ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ३ हजार ९ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आज (शनिवार) थप ३७८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५९२ पुगेको छ ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७० जनाको मृत्यु भएको छ ।

नेपालमा हिजो (शुक्रवार) ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?