ग्राहकहरुलाई सनराइज बैंकको आग्रह- ‘सुरक्षित तबरले डिजिटल कारोबार गर्नु’

काठमाडौं । सनराइज बैंक लिमिटेडले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको नामबाट विभिन्न तरिकाहरुबाट ठगि भइरहेकोले सावधान रही सुरक्षित तवरबाट बैंकिङ्ग कारोबार गर्नको लागि आग्रह गरेको छ ।

बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बरलगायतका गोप्य विवरण मागेमा नदिन पनि सबै ग्राहकलाई आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई पासवर्ड र पिन नम्बर परिवर्तन गर्न, खाता कार्डमार्फत भएको कारोबारको स्टेट्मेन्ट रुजु गराउन तथा शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्न समेत अनुरोध गरेको छ ।

त्यस्तै बैंकले वाट्सएप, फेसबुक भाइबर लगायतका समाजिक संजाल र स्वदेश तथा विदशेबाट फोन, म्यासेज गरेर ग्राहकहरुको गोप्य विवरण माग्ने काम गरी डिजिटल भुत्तानीको माध्यमबाट ठगी गर्ने कोसिस भएकोप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?