सरस्वती अर्यालको ‘हिमाल हेर्ने पाइलाहरु’ सार्वजनिक

काठमाडौं । अधिकांश समय घर व्यवहारमै व्यस्त रहने शिक्षित गृहिणीहरु पछिल्लो समय आफ्ना अनुभूति पुस्तकमा उतार्न थालेका छन ।

यसैक्रममा सरस्वती अर्यालले आफ्नो पहिलो पुस्तक ‘हिमाल हेर्ने पाइलाहरु’ सार्वजनिक गरेकी छिन् । जागिरे श्रीमानको संगत र उनीसँग देशका विभिन्न ठाउँमा आफुले बिताएका पलहरुलाई उनले पुस्तकमा समेटेर सार्वजनिक गरेकी हुन् । अर्यालले आफ्नो कृतिमा जागिरे श्रीमानको सरुवाका क्रममा आफु पुगेका ठाउँहरुको सुन्दरता, सांस्कृतिक र पर्यटकीय पक्षहरु समटेकी छिन् ।

विशेषगरी नेपालको हिमाली जिल्लाहरुमा उनले बिताएको समय तथा त्यहाँको भौगौलिक, सामाजिक, सांस्कृति र पर्यटकीय अवस्थाका विषयहरु उनले पुस्तकमा दुरुस्तै टिपेकी छिन् । अर्याललको कृतिले तात्कालिन समयको समाजको सबै पाटोहरु पनि समेटेको छ । पुस्तकमा मनाङ देखि मुक्तिनाथ र लाङटाङसम्मका कथा समेटिएका छन ।

बिदा मनाउन वा अन्य कुनै अवसरमा घुम्ने मौका जुराउँदै विश्वका विभिन्न मुलुक डुल्न रुची राख्नेहरुका लागि अर्यालको कृतिले आफ्नो भूमिमा घुम्ने र रमाउन सकिने प्रशस्तै ठाउँहरु छन भन्ने सन्देश दिएको छ । नेपाली साहित्यमा नारी श्रष्टा समेत बढ्न थालेको अनुभूति उनको कृतिले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?