युभेन्टसलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा

काठमाडौं । युभेन्टसलाई पराजित गर्दै लियोन च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा युभेन्टसविरुद्ध अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोनले अन्तिम ८ को यात्रा तय गरेको हो ।

Image

घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् । दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि अवे गोलका आधारमा लियोन क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

पहिलो लेगको खेलमा लियोनले १–० ले अग्रता लिएको थियो । क्वार्टरफाईनल पुग्न युभेन्टसलाई कम्तिमा ३ गोल आवश्यक देखिएको थियो । तर रोनाल्डोले दुई गोल गरेपनि टोलीलाई च्याम्पियन्स लिगमा अघि बढाउन सकेनन् ।

मेम्फिस डिपेले १२ औं मिनेटमा लियोनलाई अग्रता दिलाएका थिए । रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्टस खेलमा फर्किएको थियो । ४३ औं मिनेटमा डिपेको ह्याण्ड बलमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । शुक्रबार राति दुई गोल गरेका रोनाल्डोले युभेन्टसबाट एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने कायम गरेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?