धोनी प्रशिक्षणमा

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी प्रशिक्षणमा फर्किएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार इन्डियन प्रिमियर लिग (आईपीएल) को मिति तय भएपछि धोनीले प्रशिक्षण शुरु गरेका हुन् ।

राँचीस्थित झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा ३८ वर्षीय धोनीले प्रशिक्षण शुरु गरेका छन् । चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन् । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?