कोरोनाबारे वैज्ञानिकले दिए चेतावनी !

काठमाडौं । कोरोना भाइरसको प्रकोप लगातार बढ्दै गईरहेको छ । नेपालसहित विश्वका २१३ वटा देशहरुमा यसाको प्रकोप झनै बढ्दै गईरहेको हो ।

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण सफलता भने अहिलेसम्म हात लाग्न सकेको छैन ।

यसैबीच वैज्ञानिकहरुले कोरोनाबारे एक चेतावनी दिएका छन् । आफ्नो शोधबाट कोरोना भाइरसको संक्रमण गीत गाउँदा समेत फैलिरहेको पाइएपछि वैज्ञानिकहरुले सतर्क रहन चेतावनी दिएका हुन् ।

कोरोनाले दिनदिनै परिवर्तन गरिरहेको आफ्नो लक्षणका कारण यस्तो तथ्य सार्वजनिक भएको बताइएको छ ।

हालै मात्र कोरोना भाइरसका नयाँ ११ लक्षण बाहिरिएका छन् । कोरोना भाइरस संक्रमित मानिसले खोक्ने, हाच्छ्युँ गर्ने, ठूलो स्वरमा बोल्ने कारणले गर्दा कोरोनाको संक्रमण उनीहरुको मुखबाट बाहिर आउने गरेको कुरा पत्ता लागेको हो ।

यो दाबी कोरोना भाइरस विशेष गरेर संक्रमितले गीत गाउँदा,भीड भएको ठाउँमा हिँड्दै धेरै फैलिरहेको पाइएको छ ।

एरोसोलको रुपमा बाहिर निस्किन्छ भाइरस

बेलायतको साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमर्जेन्शीका जानकारहरुले संक्रमित व्यक्तिले गीत गाउँदा श्वास लिन वा कुराकानी गर्नेको तुलनामा भाइरस एरोसोलको रुपमा धेरै निस्किने गरेका ेबताएका हुन् ।

त्यसैले जो मानिस उनीहरुको नजिक हुन्छ, उनीहरुलाई धेरै खतरनाक रहने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

सतर्क रहन आवश्यक

वैज्ञानिकहरुका अनुसार संगीतकार जहाँ गीत गाउन गएका छन्, त्यहाँ सतर्क रहन आवश्यक छ । यस्ता कार्यक्रमबाट टाढै रहन वैज्ञानिकहरुले सुझाएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?