प्रदेश २ः चार मन्त्री र तीन राज्यमन्त्रीले लिए सपथ, गृहमा ज्ञानेन्द्र यादव

धनुषा, १६ फागुन । २ नं. प्रदेशमा दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएको छ बुधबार चार मन्त्री सहित तीन राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । यससँगै प्रदेश सरकार १० सदस्यीय बनेको छ प्रदेश सरकारको गृहमन्त्री (आन्तरिक मामिला तथा कानुन)मा संघीय समाजवादी फोरम ज्ञानेन्द्र  यादव मन्त्री बनेका छन् भने शैलेन्द्र साश भूमि व्यवस्था तथा कृषि मन्त्री बनेका छन् त्यस्तै राजपाबाट नवलकिशोर साह सामाजिक विकास र रामनरेश राय उद्योग तथा पर्यटन मन्त्री बनेका छन् नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सपथकै दिन अर्थमन्त्री विजय यादव र जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए यस्तै उषा यादव, सरोज सिंह र योगेन्द्र राय राज्यमन्त्री बनेका छन् । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री भएका हुन् । तीन राज्यमन्त्रीले मुख्यमन्त्री समक्ष सपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?