कोरोनाबाट युवा नै बढी संक्रमित

युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?