छालाको सुन्दरतामा कमी ल्याउने यी ४ कारण

एजेन्सी । छाला मानिसको एक अभिन्न अंग हो । यो अंगले मावन शरीरलाई बाहिरबाट ढाकेको हुन्छ । छालाको भित्रि भागमा कलेजिन र इलास्टिन नामक फाइबर हुन्छ । यी फाइबरको काम छालालाई सहयोग दिनु हो । तर, कलेजिन र इलास्टिन फाइबर कम भएपछि छालाले विस्तारै कमजोर र लचकदार हुँदै जान्छ कलेजिन र इलास्टिन निकै नै कम भएमा छाला चाउरी पर्छ तातो पानीले नुहाउनुः– तातो पानीले धेरै बेरसम्म नुहाइ रह्यो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुख्खा र फुस्रो बनाउँछ । तयसैले तातो पानीमा धेरै बेरसम्म नुहाउँनु हुँदैन सुगन्धित साबुनले नुहाउनुः– साबुनले मुख धुनाले मुखमा भएको म्वइस्चराइजर कम हुन्छ र अनुहार फुस्रो बन्छ । जीउनमा साबुन लगाउँदा तेलमिश्रित साबुन, बडीवास वा सुगन्ध बिनाको साबुन प्रयोग गर्नुपर्छ नुहाइसकेपछि तौलियाले बेस्कन पुछ्नुः-  नुहाएपछि हामी कपाल र शरीलाई तौलियाले बेस्कन पुछ्ने गर्छौं । यसो गर्दा छाला रगडिने हुँदा म्वइस्चराइजर उड्ने गर्छ । नुहाएपछि जोडसँग कपाल पुछ्दा कपाल झर्ने समस्या हुन्छ । त्यही भएर नुहाएपछि तौलियाले विस्तार शरीर पुछ्ने गर्नुपर्छ जाडो महिनामा सन्सक्रिम नलगाउनुः-  जाडो महिनामा घामले त्यति धेरै नपोल्ने भएको हुँदा हामी गर्मीमा मात्र अनुहारमा मात्र सनस्क्रिन क्रिम लगाउने गर्छौं । तर, छालालाई जाडोमा पनि छालालाई हानि पुर्याउने विकिरण सूर्यले फाल्ने भएकाले सनस्क्रिन क्रिम लगाएन भने अनुहार, घाँटी र हातको छालामा असर पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?