कोरोना संक्रमणको हिसावले उच्च यी ५ देश

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६३ हजार १ सय ६९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ७ सय ७३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५० लाख ५१ हजार ९ सय ५२ पुगेको छ । हालसम्म २५ लाख ८० हजार ५ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार २ सय ७९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १० हजार २ सय ४५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २९ लाख २७ हजार ८ सय ७ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ९८ हजार ८ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २० लाख ४७ हजार ६ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय ६४ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २० लाख ८६ हजार ५ सय ६ पुगेको छ । हालसम्म १४ लाख २७ हजार ३ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय २६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७ सय २५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय ४१ जनामा कोरोना पुष्टि भएको र १ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ८ लाख ७७ हजार १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ६ लाख ८३ हजार ५ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ४ पुगेको छ । हालसम्म ५ लाख ३८ हजार १ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ३ लाख ८७ हजार ३ सय१६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २० हजार ३ सय ८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९४ लाख ६ सय २० जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २४ लाख ५५ हजार २ सय ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार १ सय ५७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?