भारतमा पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २० हजार २ सय ६२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९३ लाख ९६ हजार ७ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड २४ लाख ५३ हजार ८ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार ५ सय ६४ पुगेको छ । बितेको २४ घण्टामा ६१ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २० लाख ८६ हजार ५ सय ६ पुगेको छ ।

हालसम्म १४ लाख २७ हजार ३ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९ सय २६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?