एयर इन्डियाको विमान दुर्घटनाग्रस्त, विमानमा चालकदलका सदस्यसहित १९१ जना थिए

काठमाडौं । शुक्रवार साँझ एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बीबीसीले जनाएको छ ।

 

 

क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

धावनमार्गमा विमान दुई टुक्रा भएका तस्बिरहरू सामाजिक सञ्जालमा राखिएका छन्।

तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन। पाइलट सहित कम्तीमा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो। भने दुर्घटनाग्रस्त विमानको उद्धारकार्य थालिएको छ ।

यो पनि पढ्नुहोस् : के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

 

Map

बीबीसीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?