प्रधानमन्त्री ओलीसहित ७ जनाको कोरोना रिपोर्ट आयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री ओलीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा।शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो । र शुक्रवार साँझ सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

उनले भने, “आज बिहान परीक्षणका लागि स्वाब लिइएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको रिपोर्ट नेगेटिभ आएको छ ।
बालुवाटारबाट बिहान प्रधानमन्त्रीज्यूसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा।शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो । र, सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराउन चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?